बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

 |  बुधबार, कात्तिक १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

ntc landingntc landing

काठमाडौं- नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न  एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।   

himalayan bank box

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो। 

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए। साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए।  स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन्।

स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए। साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए। 

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए। साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए। 

vianet

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो। 

प्रकाशित: Oct 30, 2024| 11:00 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्