मंगलबार, जेठ १९, २०८३

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।

National life

सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ। ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ। यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ।

बिहीबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशत बढेको हो। गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब १५ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा चालु आवको तीन महिनामा २ अर्ब ३३ करोड छ। नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ। पहिले वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ।

 

Shivam cement

प्रकाशित: Oct 27, 2024| 18:08 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्