मंगलबार, जेठ १९, २०८३

सन नेपाल क्यापिटलले गर्‍यो लगानी सचेतना कार्यक्रम

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानी सप्ताह २०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ।

National life

धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले गत विहीबार आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यत्तित्वहरु को सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभुमि, नेपाली धितोपत्र बजारको प्राविधिक विकास, लगानीका आधारभूत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम, सामुहिक लगानिकोष र योजना सम्बन्धि  बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तरक्रिया  गरिएको थियो।

साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर आज एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कूल गल्कोपाखा काठमाडौंमा  धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा वित्तीय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार  सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।   

Shivam cement

सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो, जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित: Oct 27, 2024| 18:07 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्