मंगलबार, फागुन २६, २०८२

राष्ट्रपति पौडेलसँग विपक्षी दलका नेताहरूको भेट

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।

National life

बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्। माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगरले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सरकारबाट भएका कमीकमजोरीबारे प्रतिपक्ष दलहरूले राष्ट्रपति पौडेललाई जानकारी दिएका हुन्।

उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रकाशित: Oct 23, 2024| 17:41 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्