मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

विपत्तिले काम केही धिमा भए पनि सरकार सम्हालिँदै अघि बढिरहेको छ : प्रधानमन्त्री

 |  बुधबार, कात्तिक ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धिमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन्।

वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनीहरुले पाएको बताए।

'लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन्। उनीहरुले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड निकासा गरेको थियो', प्रधानमन्त्रीले भने, 'करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन्।'

कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे।

उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए। निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रूपैयाँ यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे। 

प्रकाशित: Oct 23, 2024| 16:22 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्