बिहीबार, चैत १२, २०८२

वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ : प्रधानमन्त्री ओली

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको बताएका छन्। वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनले उल्लेख गरेका हुन्। 

आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ। यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि सरकारले पूरा गर्थ्यो।' उनले थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
 
'पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालयअन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोक्यौँ', प्रधानमन्त्री ओलीले भने, 'त्यसैको आधारमा प्रधानमन्त्री र मन्त्रीहरूका बीच कार्यसम्पादन सम्झौता गर्‍यौँ, पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको सङ्ख्या दुई सय ७४ वटा पुग्यो। तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन्।'

प्रकाशित: Oct 23, 2024| 15:37 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्