मंगलबार, जेठ १९, २०८३

सहकारी ठगी प्रकरणमा महामन्त्री शर्माले भने- अदालतको फैसला कुरौं

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

कांग्रेस, एमाले र माओवादीका दुई-चारजना सहकारी ठगीमा तानिए भनेर रोइलो नगरौं: शर्मा

National life

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस, एमाले र माओवादीका केही नेता सहकारी ठगीमा तानिए भनेर चिन्ता जाहेर नगर्न सम्बन्धित पार्टीलाई आग्रह गरेका छन्।

सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने तानिएपछि कांग्रेस र एमालेमा ठगीको आरोप लागेकाहरू कहिले समातिन्छन् भन्ने बहस चलिरहेको छ। त्यसमा सम्बन्धित पार्टीका केही व्यक्तिहरू ठगी आरोप लागेकोहरूका तर्फबाट प्रतिवादमा उत्रिएपछि त्यस्तो नगर्न महामन्त्री शर्माले आह्वान गरेका हुन्।

उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पनि कोही अमुक व्यक्ति जेल जाने भयो भन्दैमा जग नहसाउन आग्रह गरेका छन्। उनले भनेका छन्, 'कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं। अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं, सडक विलापको जगहँसाइ नगरौं।'

उनले दोषीमाथि कारबाही र बचतकर्ताको रकम फिर्ता राष्ट्रिय आवश्यकता बनिसकेको भन्दै त्यसलाई कसैले रोक्ने प्रयास नगर्न आग्रह गरेका छन्। 'स्पष्ट हौं, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता हो,' उनले लेखेका छन्।

Shivam cement

 

प्रकाशित: Oct 23, 2024| 12:07 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्