शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

 |  शुक्रबार, कात्तिक २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताए।

उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा  स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ।  

उनले भने, ‘बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ। ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: Oct 18, 2024| 14:14 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...