सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • आफूले ल्याएको नाराको कट्टर विरोधी बनेको भन्दै पृथ्वीले बुझाए नेपाली सरकारलाई पत्र

Siddartha premir insuranceSiddartha premir insurance

आफूले ल्याएको नाराको कट्टर विरोधी बनेको भन्दै पृथ्वीले बुझाए नेपाली सरकारलाई पत्र

एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएको ध्यानाकर्षणपत्रमा यस्तो आरोप लगाइएको हो।
 |  आइतबार, साउन ३१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

पोखरा- गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस नेतृत्वको वर्तमान सरकार 'समृद्ध गण्डकी प्रदेश र सुखी प्रदेशवासी' सपनाको कट्टर विरोधी भएको आरोप लगाएको छ। एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएको ध्यानाकर्षणपत्रमा यस्तो आरोप लगाइएको हो। २०७४ साल फागुनमा उनी मुख्यमन्त्री हुँदा यो नारा सार्वजनिक गरेका थिए। 

triton college

'यो सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट र कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने तमाम योजनामा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर गण्डकी प्रदेशबासी जनतामाथि ठूलो अन्याय गरेको छ,’ निवर्तमान मुख्यमन्त्री गुरुङले बुझाएको पत्रमा भनिएको छ। 

प्रदेशको प्रथम पञ्चवर्षीय योजना पूरा गर्दै दिगो विकासका लक्ष्य भेट्ने उद्देश्यसहितका आयोजनालाई अघिल्लो सरकारले प्राथमिकता दिएको दाबी गर्दै गठबन्धन सरकारले ती योजनामा बजेट काट्दा राजनीतिक प्रतिशोधको दृष्टि र पूर्वाग्रह राखेको आरोप लगाइएको छ। 

'वास्तवमा त्यो प्रतिशोध र पूर्वाग्रहपूर्ण व्यवहारबाट तत्कालीन सरकारको नेतृत्व गरेको पार्टी नेकपा (एमाले)लाई होइन, गण्डकी प्रदेश र समृद्ध प्रदेशको जनताको चाहनामाथि कुठाराघात हुन पुगेको हाम्रो ठहर छ,’ एमालेले सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। 

सरकारले जनतामुखी त्यस्ता कार्यक्रमलाई पूरापूर बेवास्ता गर्दै कार्यकर्तामुखी, टोलस्तरीय कार्यक्रमका लागि साना र खुद्रा बजेट विनियोजन गरेको भन्दै कांग्रेस नेतृत्वको सरकार समृद्ध गण्डकी प्रदेश र सुखी प्रदेशबासी सपनाको कट्टर विराधी देखिएको आरोप लगाइएको छ। पत्रमा बुँदागत रुपमै योजनाको नाम किटेर तत्काल कार्यान्वयन गर्न माग समेत गरिएको छ।  

Metro Mart
vianet

गण्डकीमा छाया मुख्यमन्त्री बने मोहन रेग्मी

स्याङ्जाका सांसद मोहन रेग्मीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद हेर्ने गरी गण्डकी प्रदेश सरकारको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ। संसदीय दलको बैठकले छाया सरकार बनाएको हो। 

गण्डकी प्रदेशमा कायम रहेका ११ वटा मन्त्रालयका काम कारबाही निगरानी गर्न छाया सरकार गठन गरेको सांसद राजीव पहारीले जानकारी दिए। 

रेग्मीको समूहमा मायानाथ अधिकारी र मीना गुरुङ सदस्य छन्। यसैगरी सांसद राजीव पहारीले युवा तथा खेलकुद समूहको संयोजक पाएका छन्।

यसैगरी भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको जिम्मा पूर्वमन्त्री रामशरण बस्नेतलाई दिइएको छ। उक्त समूहमा रोशन गाहा मगर र प्रभा कोइराला सदस्य छन्। उद्योग, पर्यटन, वन तथा वातावरण समूहको नेतृत्व पूर्वमन्त्री विकास लम्सालले गर्ने भएका छन्। 

त्यस्तै, नरदेवी पुनलाई सामाजिक विकास मन्त्रालयको समूहको जिम्मेवारी दिइएको छ। अर्थ समूहमा भने ईन्द्रलाल सापकोटा छन्। भूमि, व्यवस्था, कृषि समूहको संयोजकमा मित्रकुमारी गुरुङ छन्। सांसद मीनप्रसाद गुरुङको नेतृत्वमा ऊर्जा, खानेपानी समूह गठन भएको छ।

प्रकाशित: Aug 15, 2021| 15:33 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।