बिहीबार, पुस ३, २०८२

यस्तो छ दसैंमा खानपानको टिप्स

 |  मंगलबार, असोज २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१

काठमाडौं- दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्‍न परिकार पाक्छन्। दसैंमा बिहानदेखि बेलुकासम्म मासु खानुपर्छ भन्ने आममान्यता छ।  त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन्। घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ। 

National life

फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर खाने चलन छ। दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने तर शारीरिक कसरत भने अरु बेलाको भन्दा कम हुने भएकाले स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखिने गरेका छन्। 

आवश्यकताभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पर्छ। अत्यधिक मात्रामा मासु खानाले स्वस्थ मानिस पनि बिरामी पर्छन् । तसर्थ सन्तुलन मिलाएर खानुपर्छ जसले स्वास्थ्यमा लाभ पुर्‍याओस्। 

मासुका परिकार बढी खाँदा बच्चा, वृद्ध र दीर्घ रोगीहरुको स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यति मात्र होइन, शारीरिक कसरत नगर्ने तर बसीबसी मासु मात्र खाने गर्दा स्वस्थ व्यक्तिलाई पनि अन्य दीर्घरोग बढ्ने सम्भावना हुन्छ। 

दसैंमा बालबालिकालाई झाडापखाला लाग्ने, बान्ता हुने, कब्जियत हुने र खान मन नलाग्ने जस्ता समस्या देखिन्छन्। त्यस्तै उच्च कोलेस्टेरोल, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या पनि यो बेलामा बढी देखिन्छ। 

Laxmi sunrise bank
kumari

त्यसैले दसैं–तिहारमा मासु खाँदा सबै उमेर समूहका मानिसले उत्तिकै ध्यान पुर्‍याउन जरुरी छ। हुन त मासु आफैंमा खराब चिज होइन, तर जुन तरिकाले हामी खान्छौँ, त्यसले शरीरलाई बेफाइदा गर्छ। 

मासु शरीरका लागि चाहिने पौष्टिक आहार हो। त्यसैले यसको सन्तुलन मिलाएर खान सकियो भने धेरै फाइदा हुन्छ। मासुबाट शरीरमा चाहिने प्रोटिनका साथै आइरन पनि प्राप्त हुन्छ। 

मासुमा छाला र बोसोको मात्रा बढी हुन्छ। छाला र बोसोले स्वास्थ्यमा नकारात्मक असर गर्छ। मासुमा चिल्लोको मात्रा पनि बढी हुन्छ । त्यसमा पनि हामीले मरमसाला र चिल्लो हालेर पकाउने हुँदा यसले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ।

मासुसँग अन्य भिटामिन ‘सी’ युक्त खानेकुरा जस्तैः फलफूल, सागसब्जी पनि खाँदा स्वास्थ्यलाई हितकर हुन्छ। किनकी मासुसँग फलफूल र सागसब्जी मिसाएर खाँदा मासुबाट प्राप्त् हुने फलामतत्व र पोषणलाई सोस्न गर्न मद्दत पुग्छ।  

तसर्थ, दसैंको बेलामा मासु पकाउँदा भान्सामा सागसब्जी, विभिन्न वनस्पतीजन्य फाइवरयुक्त तरकारी अनिवार्य रुपमा बनाउनुपर्छ। त्यो बाहेक काँक्रो र  मुलाको अचार, रायोको गेडा राखेर खाँदा झनै स्वास्थ्यवद्र्धक हुन्छ।  

सागसब्जी र अन्य फाइबरयुक्त तरकारीले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्छ।  काँक्रो र मुलाको अचारमा रायोको गेडालाई तोरीको तेलमा पकाएर खानाले मासुको चिल्लोलाई पचाउन सघाउ पुग्छ।   

साथै फलफूल प्रशस्त मात्रामा खानुपर्छ। दसैंको बेलामा अम्बा पाइन्छ। अम्बामा अत्यधिक मात्रामा रेशा हुन्छ। चिल्लो पदार्थलाई शरीर बाहिर निकाल्ने हुँदा मासुका साथै अम्बा खानु उपयुक्त हुन्छ । 

प्रकाशित: Oct 08, 2024| 07:01 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्