शनिबार, कात्तिक १७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न आदेश

 |  मंगलबार, असोज १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले दुईवटा मुद्दामा ५०-५० हजार धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंविरुद्ध साइबर अपराध आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराध मुद्दा दायर भएका छन्। उनलाई ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाईं हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए।

प्रकाशित: Oct 01, 2024| 16:55 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्