मंगलबार, पुस १, २०८२

वीरगञ्ज नाकाबाट धान-चामल आयात घट्यो

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

पर्सा- वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान-चामलको आयात घटेको छ। चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रूपैयाँको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ।

National life

गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजार रूपैयाँको तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए। चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ।

चालु आवको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजार रूपैयाँको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ। गत आवको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजार रूपैयाँको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो।

Laxmi sunrise bank
kumari

गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो।

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ। भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ। गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजार रूपैयाँको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो।

गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो।    -रासस

प्रकाशित: Oct 01, 2024| 17:31 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्