मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न सरकारलाई निर्देशन

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न सरकारलाई निर्देशन

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

काठमाडौं- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

National life

समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो।

सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ। 

प्रकाशित: Oct 01, 2024| 15:43 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्