काठमाडौं- आज मंगलबार सेयर बजार ११४.७० अंकले बढेको छ। नेप्से इन्डेक्स पनि २६ सय बिन्दुमा फर्किएको छ।
योसँगै नेप्से परिसूचक २६२३.५६ अंकमा पुगेको छ। आजको बजार साढे ४ प्रतिशतले बढेको हो। त्यस्तै कारोबार रकम पनि बढेको छ।
आज बजारमा साढे ७ अर्ब रूपैयाँभन्दा बढीको सेयर खरिदबिक्री हुँदा डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। १८ वटा कम्पनीमध्ये ११ वटा फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा जलविद्युत, नेपाल वेयर हाउस र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
३०७ वटा कम्पनीको कारोबार भएोमा सबै समूहको उपसूचक बढेको छ। आज ७ अर्ब ६१ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ।