आइतबार, माघ ११, २०८२

भायानेटको ‘महा-महोत्सव’ अफर सार्वजनिक

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

काठमाडौं- इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ।

National life

अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा एमबिपिएस को सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ एमबिपिएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबिपिएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ।

साथै भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिईको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ। ग्राहकहरूले ‘मेस वाइफाई राउटर’मा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन्।

जसका लागि रु. ३००० (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ। मेस अफर भायानेटका २०० एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ।

यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउनेछन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Oct 01, 2024| 14:22 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्