सोमबार, जेठ १८, २०८३

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, पाँच वर्ष जेल सजाय माग

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१
National life
Shivam cement

काठमाडौं- मेडिकल व्यवसायी दुर्गां प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ।

 यो अभियोगमा उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। यही ६ असोजमा भक्तपुरस्थित निवासबाटै पक्राउ परेका प्रसाईं हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा बसेका छन्।

प्रकाशित: Sep 30, 2024| 17:51 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्