सोमबार, जेठ १८, २०८३

पानी त घट्यो तर फुसको घरमा बस्ने कसरी ?

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

नवलपरासी- बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन्।

National life

अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए। सुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खड्काले आइतबार साझदेखि नदीमा बाढी घटेसँगै सुस्ता डुबान क्षेत्रमा पनि बाढी घटेकामा आज प्रभावितहरू आफ्नो घर फर्किएका बताए। यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताए। सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफनो घर फर्किएका जानकारी दिए।

“स्थानीय बाढीपीडितहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ। उहाँहरूका घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन। अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ”, उनले भने।

 

Shivam cement

प्रकाशित: Sep 30, 2024| 17:46 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्