सोमबार, मंसिर २९, २०८२

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

काठमाडौं- अविरल वर्षाका कारण यही असोज ११ गतेदेखि आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी २०५ जनाको मृत्यु भएको छ।

National life

काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन्। साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्धार गरिएको छ। साथै बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन्।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्रकाशित: Sep 30, 2024| 17:35 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्