बुधबार, भदौ ३, २०८३

पहिरोले भैंसे-भीमफेदी सडक अवरुद्ध

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका-४ रातोमाटेमा पहिरोका कारण भैँसे-भीमफेदी सडक अवरुद्ध बनेको छ।

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए।

'पहिरो पन्छाउने कार्य भइरहेको छ। तर ठूलो पहिरो खसेका कारण सम्भवतः मंगलबारसम्म यातायात सञ्चालन हुन सक्छ', उनले भने।

प्रकाशित: Sep 30, 2024| 16:13 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्