बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

म्याग्दीमा जौ र उवाको व्यावसायिक खेती

 |  सोमबार, असोज १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

म्याग्दी- जिल्लाको रघुगंगा गाउँपालिका-५ झिँमा परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुवात भएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले परियोजना लागु भएको हो।

triton college

प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा एक करोड रूपैयाँ लागतको परियोजना सुरु भएको रघुगंगा गाउँपालिका-५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए।

'लोप हुँदै गएको परम्परागत जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ', उनले भने, 'जौ र उवाको उत्पादनसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ।'

परियोजनामार्फत झिँका दुईसय परिवार लाभान्वित हुनेछन्। तीनसय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती गरिने भएको छ। परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताए।

किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए।

Metro Mart
vianet

झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ। जौ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ। पोषिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ। आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ।  

जौ हिन्दू धर्मावलम्बीहरूको र जौको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ। जौको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ। उवालाई भुटेर खाजा खाने गरिन्छ। सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो। युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ। रासस

प्रकाशित: Sep 30, 2024| 20:31 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्