सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार जनाभन्दा बढी विस्थापित

रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार जनाभन्दा बढी विस्थापित

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

रौतहट- अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५ सयभन्दा बढी विस्थापित भएका छन्।

National life

प्रहरीका अनुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो। दुर्गाभवानी गाउँपालिका-४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो।

यस्तै, परोह नगरपालिका-७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ। बाढीमा परेर छ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए।

'बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ। एक हजार दुईसय ४५ घर डुबानमा परेका जानकारी छ', उनले भने, 'जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ। यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन्।'

Laxmi sunrise bank
kumari

विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन्। रासस

प्रकाशित: Sep 30, 2024| 18:01 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्