सोमबार, जेठ १८, २०८३

झापामा खोलाले बगाएका चौधरीको शव भेटियो

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१
National life
Shivam cement

झापा- किस्ने खोलाले बगाएर बेपत्ता हुनुभएका झापा कमल गाउँपालिका-१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि  मृत अस्थामा भेटिएका छन्।

प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८:३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो।

अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता हुनुभएको थियो। बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए। यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार  शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए।

प्रकाशित: Sep 30, 2024| 14:10 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्