काठमाडौं- प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो।
बैठकमा बाढीपहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बताइएको छ।