बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० जना बेपत्ता

 |  सोमबार, असोज १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

काठमाडौं- अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। 

triton college

प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।

प्रकाशित: Sep 30, 2024| 08:41 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्