सोमबार, असोज १४, २०८१

बिहीबारयता १७० जनाको मृत्यु, ४२ बेपत्ता

 |  आइतबार, असोज १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- असोज १० गतेयता बाढीपहिरो र डुबानबाट १७० जनाको मृत्यु भएको, ४२ जना बेपत्ता भएको र १११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । 

आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरोले क्षति पुर्‍याएका राजमार्गमध्ये बिपी राजमार्गबाहेक अन्य चाँडै खुलाउने गरी सरकारले काम गरिरहेको बताए । उनले विपद् प्रभावितहरूको खोज तथा उद्धारमा सबै सुरक्षा निकायहरू परिचालन गरी निरन्तर खटिएको र अहिलेसम्म सरकारले ४ हजार विपद् प्रभावितको उद्धार गरेको जानकारी दिए ।

आइतबारमात्र काभ्रे, सिन्धुली र ललितपुरका विभिन्न स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत १६५ जनाको उद्धार गरेको छ । उनीहरूलाई खाद्यान्न तथा राहत सामग्री प्रदान गरेको र घाइतेहरूको सरकारी अस्पतालमा उपचारको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित: Sep 29, 2024| 20:57 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्