बुधबार, भदौ ३, २०८३

बाढीपहिरोबाट काठमाडौं उपत्यकामै ५२ जनाले ज्यान गुमाए

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

शनिबार आएको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आइतबार साँझ ६ बजेसम्म मृतकको संख्या ५२ पुगेको हो। 

ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा छन्। ललितपुरमा ३० जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो।

त्यस्तै काठमाडौंबाट दुई जना र ललितपुरबाट ७ जना बेपत्ता छन्। अहिलेसम्म काठमाडौंका १४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २१५५ जनाको उद्धार भएको छ।

त्यस्तै काठमाडौंमा १८ जना, ललितपुरमा १० जना र भक्तपुरमा ३ जना घाइते भएका छन्। 

प्रकाशित: Sep 29, 2024| 18:48 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्