आइतबार, मंसिर २८, २०८२

बाढीपहिरोबाट काठमाडौं उपत्यकामै ५२ जनाले ज्यान गुमाए

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

शनिबार आएको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

National life

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आइतबार साँझ ६ बजेसम्म मृतकको संख्या ५२ पुगेको हो। 

ज्यान गुमाउनेमा सबैभन्दा धेरै ललितपुरमा छन्। ललितपुरमा ३० जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो।

त्यस्तै काठमाडौंबाट दुई जना र ललितपुरबाट ७ जना बेपत्ता छन्। अहिलेसम्म काठमाडौंका १४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २१५५ जनाको उद्धार भएको छ।

त्यस्तै काठमाडौंमा १८ जना, ललितपुरमा १० जना र भक्तपुरमा ३ जना घाइते भएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 29, 2024| 18:48 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्