आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • झ्याप्ले खोला पहिरोबाट आज निकालियो २१ जनाको शव, मृतकको संख्या ३५ पुग्यो

झ्याप्ले खोला पहिरोबाट आज निकालियो २१ जनाको शव, मृतकको संख्या ३५ पुग्यो

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ। बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो। हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ। 

National life

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।

सडक माथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ। प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बो हाइस) फेला परेको छ। 

लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर म्यान) शनिबार फेला परेको थियो। अझै अन्य सवारी पनि भेटिनसक्ने आशङ्कामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ। 

पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए। शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 29, 2024| 18:12 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्