सोमबार, जेठ १८, २०८३

हेटौंडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

मकवानपुर- हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ।

National life

बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा-काठमाडौंं खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-काठमाडौं, कुलेखानी-मातातीर्थ-काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए। उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ।

प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए।

Shivam cement

प्रकाशित: Sep 29, 2024| 12:59 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्