बुधबार, भदौ ३, २०८३

खोलाले बगाउँदा उदयपुरमा एक युवतीको मृत्यु

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

उदयपुर- जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो। हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए। 

प्रकाशित: Sep 29, 2024| 11:18 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्