सोमबार, जेठ १८, २०८३

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१
National life
Shivam cement

काठमाडौं- मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन्। सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ। यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७:०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो। 

प्रकाशित: Sep 29, 2024| 11:05 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्