मंगलबार, पुस १, २०८२

बाढी हेर्न गएका किशोरको साढे ३ किमी तल शव फेला

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छ भने बालिकाको जीवितै उद्धार गरिएको छ।

National life

आज दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको छ भने किशोर रोहनको आज दिउँसो ४ बजे मृत्यु भएको अवस्थामा साढे तीन किलोमिटर तल खोलामै शव फेला परेको थियो ।

त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए।

प्रकाशित: Sep 28, 2024| 19:39 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्