शनिबार, असोज १२, २०८१

एन्फाका ६ जना खेलाडीको शव भेटियो

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको शव भेटिएको छ। करिब ५ घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा ६ जनाको शव भेटिएको हो।

triton college

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी र दिवस बानियाँ र मकवानपुरका अनुप ग्लान र सुमन योञ्जन पहिरोमा पुरिएका थिए। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा एन्फाले राखेको युथ–१४ क्याम्पकाका ३७ जना खेलाडीमध्ये ६ जना बेपत्ता भएका थिए।

स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना शनिबार बिहान करिब ६ बजेटबाट सम्पर्कविहीन भएका थिए।

अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएका थिए। 

प्रकाशित: Sep 28, 2024| 18:42 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्