शनिबार, असोज १२, २०८१

दुई दिनदेखिको झरी बल्ल रोकियो

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- दुई दिनदेखि जारी झरी काठमाडौंमा रोकिएको छ। बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदै गएको थियो। आज साँझ वर्षा रोकिएपछि आकाश खुलेको छ।

triton college

वर्षाका कारण उपत्यकाका बागमतीसहितका नदी र सहायक खोलाहरूमा भीषण बाढी आएको छ। बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरीका अनुसार काठमाडौँमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ३४ जनाको ज्यान गएको हो। 

काठमाडौँमा १० जना घाइते हुँदा ६ जना बेपत्ता र ललितपुरमा ५ जना घाइते हुँदा थप १५ जना बेपत्ता भएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अब मौसम क्रमशः शिथिल बन्दै जाने बताएको छ।

प्रकाशित: Sep 28, 2024| 18:04 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्