मंगलबार, पुस १, २०८२

बाढीपहिरोमा ६० जनाको मृत्यु, ६४ बेपत्ता

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन्। 

National life

सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। 

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ। घटनामा ३४ जना घाइते समेत भएका छन्। 

शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो संख्यामा मृत्यु र बेपत्ता भएका हुन्। यो अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ।

प्रकाशित: Sep 28, 2024| 17:47 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्