आइतबार, कात्तिक ३०, २०८२

कविता

शहिद आमा सम्झन्छ

 |  शनिबार, असोज १२, २०८१

जुनु भट्टराई

जुनु भट्टराई

शनिबार, असोज १२, २०८१

National life
Laxmi sunrise bank
kumari

पहाडको कठिन उकालो सिँढीमा 
पुष माघको जाडोले कठ्यांग्रिएर
सहारा सधैंको त्यही लौरो
उकालीको बीचैमा भाच्चिँदो हो

तब,
सहाराको हात फैलाउँदै
पहाडको उच्च फेदीबाट 
आश पुकारिरहेकी होलिन्
बिचरा मेरी आमा !
उनको दूरआवाजले
अर्को जन्ममा मेरा
यी सजिव निमोठिएका औंलाहरु 
सहारा बनिने आशामा 
छोरो आउँछ भनी
चिसा विश्वास भोगिरहेकी होलिन्
मेरो रित्तिएको यथार्थतालाई
अर्को जन्मको संज्ञा दिई
आउने आशामा सधैं
बलिन्द्र आँशुका धाराहरु पछ्यौरी पुछ्दै 
खम्बामा अढेस लागेर
रुँदै बसिरहेकी होलिन्
बिचरा मेरी आमा

अन्त्यमा,
मजस्ता नौजवान छोराहरुको निमित्त
चेतनाको पाठ पढाउँदै
भ्रमको जालो तोडेर
ऊ आउँदैछ, आउँदैछ मात्र भन्छिन् 
धेरै शान्ति लिएर 
मृत्युको पछि  
बिचरा मेरी आमा

प्रकाशित: Sep 28, 2024| 17:40 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्