शनिबार, असोज १२, २०८१

प्राकृतिक विपद्‍बारे जानकारी दिन साँझ ६ बजे पत्रकार सम्मेलन

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिका साथै खोज तथा उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने भएको छ।  

साँझ ६ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए। बिहीबारदेखिको अविरल वर्षापछिको बाढी र पहिरोका कारण व्यापक जनधनको क्षति भएको छ भने मुख्य राजमार्गहरू प्रभावित बनेका छन्।

शुक्रबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म ५० जनाको मृत्यु भइसकेको छ भने ४० जना वेपत्ता छन्। दर्जृनौं बस्ती डुबानमा परेका छन्। देशका विभिन्न स्थानमा सडक अवरुद्ध छन्।

प्रकाशित: Sep 28, 2024| 17:29 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्