सोमबार, चैत १६, २०८२

चलिरहेका सबै परीक्षाहरू स्थगित

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। 

National life

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।

'भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि  स्थगित गर्ने निर्णय भएको छ,' बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले भने।

बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने, अवरुद्ध सडक खुलाउने, राहत र उद्धारमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने, घाइतेको नि:शुल्क उपचार गर्ने र अलपत्र यात्रुको तत्काल उद्धार गर्ने लगायतका निर्णय गरेको छ। 

शुक्रबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म ५० जनाको मृत्यु भइसकेको छ भने ४० जना वेपत्ता छन्। दर्जृनौं बस्ती डुबानमा परेका छन्। देशका विभिन्न स्थानमा सडक अवरुद्ध छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 28, 2024| 17:21 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्