बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरोले देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर हालसम्म ४९ जनाको मृत्यु भएको छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्र ३२ जनाले ज्यान गुमाएका छन्।

triton college

नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार, विपद्का घटनामा परेर हालसम्म ३४ घाइते र ४० जना सम्पर्कविहीन भएका छन्। उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। हालसम्म एक हजारभन्दा बढी मानिसको उद्धार गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र विपद्का घटनाबाट १७ घाइते र १२ जना बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बलले आपत्कालीन उद्धारका निम्ति हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: Sep 28, 2024| 16:27 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्