मंगलबार, पुस १, २०८२

बाढीपहिरोमा ६ जनाको मृत्यु, बस्तीहरु डुबानमा, सडक अवरुद्ध

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। 

National life

बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ। पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ।

देशभर एक सय ५० भन्दा बढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडक मार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरीले बताएको छ।

Laxmi sunrise bank
kumari

काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।

प्रहरीले नदी करिडोर तथा डुबान हुन सक्ने सबै क्षेत्रमा सचेत गराएको छ।

मुलुकभर अहिले निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ।

प्रकाशित: Sep 28, 2024| 09:29 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्