शनिबार, असोज १२, २०८१

बाढीपहिरोले देशभर जनधनको क्षति, भोलिसम्मै पानी पर्ने

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

दुई दिनदेखिको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ भने बाढीपहिरोले जनधनको क्षति भएको छ। 

triton college

काभ्रेपलान्चोकको पनौतीमा पहिरोले एक घर पुरेको छ । पनौती ११ मा पहिरोमा अर्जुन भण्डारीको घर पुरिएको हो । 

घर पुरिँदा भण्डारीको परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।  

देशका मुख्य राजमार्ग लगायत सहायक सडकहरु अवरुद्ध भएका छन्। १७ वटाभन्दा बढी नदीले खतराको तह पार गरेर डुबान निम्त्याउन थालेका छन्।

काठमाडौं उपत्यकाका नदी करिडोर जलाम्य बनेका छन्। भारी वर्षाका कारण मकवानपुरस्थित इन्द्रसरोवर जलाशय भरिएपछि एउटा ढोका खोलेर पानीको निकास पठाउन थालिएको छ।

Metro Mart
vianet

अहिले पनि निरन्तर वर्षा भइरहेको छ। विशेषतः कोशीदेखि लुम्बनीसम्म अति भारी वर्षा भएको छ। काठमाडौं उपत्यकामा पनि हिजो बिहानदेखि लगातार वर्षा भइरहेको छ। सुदूपश्चिम र कर्णाली प्रदेशको पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

मकवानपुरको दामनमा अति भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ३३९.८ मिलिमिटर वर्षा भएको छ।

काभ्रेको खोपासीमा ३१६.६ मिलिमिटर वर्षा भएको छ। ललितपुरको गोदावरीमा २८८.२, लेलेमा २८७.४, हटौंडामा २५६, मनवानपुरको रजैयामा २४९, चिसापानीगढीमा २४६.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको बबरमहलमा २२८.२, त्रिभुवन विमानस्थलमा २०८, कीर्तिपुरमा २२७.८, पानीपोखरीमा १९५.२ मिलिमिटर पानी परेको छ। झापाको चन्द्रगढीमा २९४.८, अनारमनीमा २३५, बाहुनडाँगीमा २१२.४ मिलिमिटर वर्षा भएको छ। इलामको कन्काइमा २५४.२ मिलिमिटर पानी परेको छ।

आइतबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा जारी नै रहनेछ।

लगातारको वर्षातको कारण नारायणघाट-मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । पहिरोको कारण बाटो अवरुद्ध बनेको छ । 

पहिरो खसेर नौ किलोमा सडक दुई फिट भासिएको छ । सडक भासिँदा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । 

त्यस्तै पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको छ । दुई वटा स्काभेटरले पन्छाउन थालेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

प्रकाशित: Sep 28, 2024| 08:29 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्