बुधबार, भदौ ३, २०८३

उपत्यकाका नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतराको तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।

त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोंगबु बसपार्कमा खतरा तह पार गरेको छ। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Sep 27, 2024| 15:45 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्