बुधबार, भदौ ३, २०८३

नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ।

जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरी गाडी चल्न नदिने निर्णय गरेको हो। समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिनेछन्। अहिले नै सडकमा ठूला पहिरो नगए पनि जोखिम मूल्यांकन गरी लामो दूरीका बसहरु चल्न नदिने निर्णय भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोनमा चितवन पनि परेको छ।

प्रकाशित: Sep 27, 2024| 15:42 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्