बुधबार, भदौ ३, २०८३

आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

तुलसीपुर- दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन्। 

तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो। विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो। 

भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माण भएको हो। व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो। 

त्यही विवादलाई देखाउँदै पटक–पटक  निर्माण कम्पनीले म्याद थप गरिएको थियो। यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो। तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताए। 

'वर्षात्‌मा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ,' उनले भने। पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए। उक्त पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। 

प्रकाशित: Sep 27, 2024| 18:31 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्