शनिबार, असोज १२, २०८१

झापामा अति भारी वर्षा, उर्लिए नदी

 |  शुक्रबार, असोज ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

झापामा पछिल्लो २४ घण्टामा २९७ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण नदीहरूमा जलसतहले चेतावनी तह पार गरेको छ।

triton college

जल तथा मौसम विभागका अनुसार झापामा अहिले पनि अति भारी वर्षा भइरहेको छ। झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २९७ मिलिमिटर वर्षा मापन भएको छ। केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ। इलाममा समेत अति भारी वर्षा भएको छ।

अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ। शुक्रबार दिउँसो अन्दाजी १२ बजेको समयमा कचनकवल गाउँपालिका वडा नं.२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको हो। मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी चौकी पथरियामा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर मोटरसाइकल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Metro Mart
vianet

प्रकाशित: Sep 27, 2024| 15:38 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्