मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै, ८४ करोड रुपैयाँ विनियोजन

पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै, ८४ करोड रुपैयाँ विनियोजन

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

पर्वत- पर्वतका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ। सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८४ करोड रुपैयाँ विनियोजन गरेर काम सञ्चालन भएको हो।

National life

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा सडकसम्बन्धी १ सय २३ वटा योजनाका लागि ८३ करोड ७९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको हो।

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित १ सय २३ वटा योजना सञ्चालन हुने बताए। केही संघीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन्।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन्। तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताए।

गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा-१० र फलेवास-३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक-सल्यान-घाहाखेत धारापानी-ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ।

Laxmi sunrise bank
kumari

यसैगरी कुश्मा-२ को हिमालय मावि-पाङ- नुहार-खनियाघाट सडक, खुर्काेट-पाङ-नालिवाङ-धाइरिङ-मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक-चित्रे-गगटे-राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ।

फलेवास नगरपालिकाको खुमबाट भँगरा-बेतेनी-सल्यानधारा-घन्तरी-लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास-पूर्णगाउँ-पैँयुकोट-लुड्खु सडकका लागि रु तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ। उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गरेका थिए।

यसैगरी जलजलाको मिलनचोक-रातमाटा-भोटेडाँडा-शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर-घाखेत-धारापानी-कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको हिलेखोला-कार्कीनेटा-खलडाँडा-फलेवास-जैमुनीघाट सडकका लागि पनि आठ करोड रुपैयाँको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला-सिल्मी-ठूलीपोखरी-खौला-कार्कीनेटा र धरादी-काउँडाँडा-सौर्यकोट-हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताए।

पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिए। उनले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिए।

आव २०८०/८१ मा पर्वतमा २३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो। रासस

प्रकाशित: Sep 27, 2024| 19:01 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्