सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रोकिएका पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

रोकिएका पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

चितवन- वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो। 

National life

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ।

'पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ' उनले भने।

वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उनले बताए। 

पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए। डुङ्गा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिए। सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताए। 

Shivam cement

प्रमुख संरक्षण अधिकृत पुनले भने, 'कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ।' मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए। 

यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गरे। उनले भने, 'पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।' रासस

प्रकाशित: Sep 27, 2024| 18:01 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्