बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पूर्वी र मध्य तराईमा भारी वर्षा

 |  शुक्रबार, असोज ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

देशभर मनुसन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा भएको छ। बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवाष्पयुक्त वायुका कारण देशभर मनसुन सक्रिय भएको हो।

triton college

यो क्रम आइतबारसम्मै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भनेर धेरै भारी वर्षा भएको छ।

कोशी प्रदेशका झापा, मोरङ, इलाममा वर्षाले जनजीवन प्रभावित तुल्याइको छ। तटीय क्षेत्रमा डुबान र कटानको समस्या निम्त्याउन सक्ने विभागले बताएको छ।

पछिल्लो २४ घन्टामा झापाको केचनामा १८७.२, चन्द्रगढी विमानस्थलमा १८३.२, अनारमनीमा १५८.६ मिलिमिटर वर्षा भएको छ।

इलामको कन्काइमा १७४.८, मोरङको बाहुनीमा १४९, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८२.४, उदयपुरको सुन्दरपुरमा १४६.८, सप्तरीको रुपनी बजारमा १४६.२ मिलिमिटर वर्षा भइरहेको छ।

Metro Mart
vianet

शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ। शुक्रबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरेको छ।

प्रकाशित: Sep 27, 2024| 10:52 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...