बुधबार, भदौ ३, २०८३

धादिङमा पहिरोले कार बगायो, सडक अवरुद्ध

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

मुग्लिन-मलेखु सडक खण्डको चिरौदी खोला नजिक पहिरोले एउटा कार बगाएको छ। 

पहिरोमा परेर ४ जना घाइते भएका छन्। बिहीबार साँझ भएको घटनामा घाइते भएकाहरूलाई अस्पताल पठाइएको र अहिले उद्धारका साथै बाटो खुलाउने कार्य जारी रहेको धादिङ प्रहरीले जनाएको छ।

पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ।

पहिरोको कारण राजमार्ग पनि अवरुद्ध भएको छ। ठूलो पहिरो खसेकोले पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरिएको छ।

लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन्।

प्रकाशित: Sep 26, 2024| 20:45 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्