बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भेटिएनन् दूधकोसीमा बेपत्ता युवक

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

खोटाङ- माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । 

triton college

यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । 

मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो । 

केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिए । “कोसीमा बाढी आइरहेको छ । गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो”, उनले भने, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोसीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।”

प्रकाशित: Sep 26, 2024| 19:19 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...