बुधबार, भदौ ३, २०८३

सप्तकोशी बस खस्यो, सबै यात्रुको उद्धार

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

सप्तकोशीमा खसेको बसबाट सबै यात्रुको उद्धार गरिएको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट यात्रुलाई निकालिएको सुनसरी प्रहरीले जनाएको छ। केही यात्रु घाइते छन्।

बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ। बस पानीको सट्टा बालुवामा खसेका कारण यात्रुको ज्यान जोगिएको छ।

 

प्रकाशित: Sep 26, 2024| 19:06 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्